आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गर्दै मंसिर २४–२९ गतेसम्म राजनीतिक दल दर्ताका लागि समय तोकिएको छ।
काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अघि बढाएको छ। सरकारले माघ ११ गते रिक्त १९ जना राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेसँगै आयोग तयारीमा जुटेको हो।
आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले राष्ट्रियसभा निर्वाचनको तयारीअनुसार कार्यतालिका सार्वजनिक गरिएको बताए।
आयोगले बिहीबार निर्वाचन कार्यतालिका स्वीकृत गर्दै मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ताका लागि समय तोकिएको छ। त्यस्तै, पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी ४ गते स्वीकृत दलको नामावली राजपत्रमा प्रकाशनका लागि पठाइने भएको छ।
त्यस्तै, पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने गरी कार्यतालिका स्वीकृत भएको आयोगले जनाएको छ।
पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ भने माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।
आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ। राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी आयोगबाट निर्णय भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
