झापाको हल्दिबारीस्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वनको जंगली हात्तीले कुल्चेर मृत्यु भएको छ।
झापा– झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वनको जंगली हात्तीले कुल्चेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक वनको रेखदेखका लागि जंगलमा रहेकाबेला ४० वर्षीय वनलाई शुक्रबार बिहान ९ बजेतिर जंगली हात्तीले आक्रमण गरेको थियो।
हात्तीको आक्रमणमा परी चौकीदार वनको घटनास्थलमै मृत्यु भएको रिजालले बताए। उनका अनुसार घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी भद्रपुर र प्रहरी चौकी जलथलको प्रहरी टोली घटनास्थल पुगेको छ। घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान तथा कानूनी प्रक्रिया शुरू गरिएको प्रहरीले जनाएको छ।
एक साताअघि दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा जंगली हात्तीले आक्रमण गर्दा ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो।
यसैबीच शिवसताक्षी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा गए राति पूर्वबाट जाँदै गरेको प्र१–०१–०१६प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा नाम ठेगाना नखुलेका एक पुरुषको मृत्यु भएको छ।
मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ती पैदलयात्रीको उपचारका क्रममा बिर्तामोडको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक कमल गाउँपालिका–१ का २० वर्षीय सागर तामाङ घाइते भएका छन्। हातमा चोट लागेका चालक तामाङलाई उपचारपश्चात् शुक्रबार झिलझिले इलाका प्रहरी कार्यालयमा राखेर कानूनी कारबाही शुरू गरिएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
