आर्थिक शिथिलताका कारण बैंकको खराब कर्जा बढ्ने र यस्तो बेला बैंकहरूले प्रोभिजन बढाउनुपर्ने भएकाले राष्ट्र बैकले कडाइ गरेको गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ।
काठमाडौँ– नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई ऋणीसँग कुनै बैंकले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो दर्ता गर्न आग्रह गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिक साधारण सभाका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले बैंकहरूले १५/१६ प्रतिशत ब्याज लिएको भ्रम फैलाइएको भन्दै त्यस्तो भए ‘स्टेटमेन्ट’सहित राष्ट्र बैंकमा आएर गुनासो दर्ता गर्न आग्रह गरेका हुन्।
गत आर्थिक वर्षमा बढी लिएको ४ अर्ब ७६ करोड ब्याज फिर्ता गराएको स्मरण गराउँदै बैंकले बढी ब्याज लिएको पाइए राष्ट्र बैकले फिर्ता गराउने बताए। उनले बैंकहरूले बढी ब्याज लिए भनेर तथ्यभन्दा बाहिर गएर हल्ला नगर्नसमेत सबैलाई आग्रह गरे।
आर्थिक शिथिलताका कारण बैंकको खराब कर्जा बढ्ने भन्दै यस्तो बेला बैंकहरूले प्रोभिजन बढाउनुपर्ने भएकाले राष्ट्र बैकले कडाइ गरेको बताए।
“खराब कर्जा नबढोस् भनेर टाइट गरेको हो,” उनले भने ‘दक्षिण एशियाको तुलनामा नेपालमा खराब कर्जा कम छ।” अहिले जसले काम नगरे पनि मौद्रिक नीतिले गर्न दिएन भनेर आरोप लगाउने गरिएको भन्दै उनले यसो गर्नुको अर्थ नभएको बताए। काम कोही पनि नगर्ने दोष मौद्रिक नीतिलाई दिएर मात्र उम्कन नहुने उनको भनाइ छ।
कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र सुधारमा स्वयं प्रधानमन्त्रीले गम्भीर पहल लिएको भन्दै चाडै अर्थतन्त्र लयमा फर्किने दाबीसमेत गरे।
अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवाञ्छित फाइदा उठाउन खोजिरहेको भन्दै खड्काले सरकार जिम्मेवारीसाथ प्रस्तुत हुने बताए। सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको, पुँजीबजारले गति लिएको र घरजग्गा व्यवसाय लयमा फर्किएको उनको भनाई छ।
बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले कर्जाको ब्याजदर १ प्रतिशतले घटेको र अझै घट्दै जानेसमेत बताए। अहिले बैंकको आधार दर (बेसरेट) एकल अंकमा रहेको जानकारी गराए।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा रहेको सरकार, राष्ट्र बैकले स्वीकार गरेर समाधानमा जानु पर्ने बताए। उनले राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य पहुँचको आधारमा भन्दा विज्ञताको आधारमा हुनुपर्ने बताए।
कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैकले जमानी बस्नेलाई कालोसूचीमा राख्न गरेको व्यवस्था स्वागतयोग्य रहेको प्रतिक्रिया दिए। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा झन्झटिलो प्रक्रियाका कारण लगानी भित्रन नसकेको बताए। नेपालमा माइक्रो र स्मल इन्टरप्राइजेजमा ध्यान दिनुपर्ने सुझाव उनको छ। साना उद्यमीको रक्षा गर्न सके त्यसले अर्थतन्त्रमै योगदान पुग्ने उनको भनाइ छ।

५ विधामा ६ जना पुरस्कृत
कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ५ विधामा ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ। एक जनालाई फेलोसिप प्रदान गरेको छ। सेजनले प्रत्येक वर्ष प्रदान गर्ने सेजन अवार्डबाट यस वर्ष कान्तिपुर दैनिकका मातृका दाहाल र देवेन्द्र भट्टराई पुरस्कृत भएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा लेखिएको समाचारलाई १ लाख राशिको उक्त अवार्ड प्रदान गरिएको हो। त्यस्तै, भोला चालिसे लिबरल जर्नालिजम् अवार्ड हिमाल खबरका रमेशकुमार न्यौपानेलाई प्रदान गरिएको छ। यो पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ।
यस्तै, क्लिकमान्डु डट् कमका राजेश बर्मालाई सेजन डिजिटल मिडिया अवार्ड, र सेजन छापा माध्यम अवार्ड नयाँपत्रिकाकी मुना कुँवरलाई प्रदान गरिएको छ। सेजन ब्रोडकास्ट अवार्डबाट उज्यालो रेडियोका अर्जुन पोखरेल पुरस्कृत भए। यी तीनै विधाको पुरस्कार राशि ५०/५० हजार रहेको छ।
त्यस्तै, एक लाख राशिको स्व. सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार कान्तिपुर दैनिकका यज्ञ बन्जाडेलाई प्रदान गरिएको छ। कार्यक्रममा सेजनले हरेक वर्ष प्रकाशन गर्ने ‘अर्थनीति सेजन म्यागेजिन २०८०’ पनि सार्वजनिक गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
