इलाममा माछा मार्ने क्रममा एक जना युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
विराटनगर– इलाममा करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा एक जना युवकको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
इलामको सन्दकपुर गाउँपालिका–१ मा रहेको छागी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २४ वर्षीय सरोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। त्यस क्रममा २५ वर्षीय विनोद राई, १९ वर्षीय सुदीप राई र २८ वर्षीय मनोज राई घाइते भएका छन्।
उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
यसैबीच, पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचिएर स्थानीय २४ वर्षीय विश्वराजा चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
