निर्वाचनका लागि मधेस प्रदेशमा दुई हजार एक सय ५६ मतदानस्थलमा चार हजार दुई सय ३५ मतदान केन्द्र निर्धारण गरिएको छ।
काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मधेस प्रदेशमा आज बिहान ७ बजेदेखि मतदान जारी छ।
धनुषाको सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा बिहान ७ बजेदेखि मतदान शुरू भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।
बेलुका ५ बजेसम्म हुने मतदानमा मधेस प्रदेशमा १३ लाख ३२ हजार छ सय ४० महिला, १५ लाख ७७ हजार तीन सय १७ पुरुष र ६६ जना अन्य गरी २९ लाख १० हजार २३ मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ।
स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि मधेस प्रदेशमा दुई हजार एक सय ५६ मतदानस्थलमा चार हजार दुई सय ३५ मतदान केन्द्र निर्धारण गरिएको छ।
सुरक्षा निकायले दुई हजार चार सय ७२ मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकृत गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
यस्तै, एक हजार चार सय ९८ मतदान केन्द्र संवेदनशील, दुई सय ६५ मतदान केन्द्र सामान्य रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक मउसुद आलम खाँले जानकारी दिए।
विगतको चुनावमा भएको गतिविधिलगायत विभिन्न आधारमा मतदान केन्द्र र मतदानस्थलको वर्गीकरण गरिएको उनको भनाइ छ। मधेस प्रदेशमा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाबाहेक २३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गरेर खटाइएको छ।
मधेस प्रदेशका आठ वटा जिल्लामा चार/चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र गरी ३२ वटा र प्रदेशसभातर्फ आठ/आठ वटा निर्वाचन क्षेत्र गरी ६४ निर्वाचन क्षेत्र छन्।
प्रतिनिधिसभातर्फको ३२ सिटका लागि मधेस प्रदेशमा विभिन्न दलका दुई सय ९३ र दुई सय ९७ स्वतन्त्र गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रदेशसभातर्फको ६४ सिटका लागि मधेस प्रदेशमा एक हजार आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये विभिन्न दलबाट चार सय ५६ र स्वतन्त्र पाँच सय ५२ उम्मेदवार छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
