कस्तो रहनेछ शनिबारको मौसम?

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातसमेत हुनेछ। 

यस्तै, राति कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। 

गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशभर चिसो बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।