दक्षिण कोरियाले क्यालिफोर्नियाको अमेरिकी सैन्य आधारबाट आफ्नो पहिलो स्वदेशी सैन्य जासुस उपग्रह बोकेको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ।
उत्तर कोरियाको बढ्दो आणविक खतराबीच दक्षिण कोरियाले जासुसी उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ।
शुक्रबार क्यालिफोर्नियाको अमेरिकी सैन्य आधारबाट आफ्नो पहिलो स्वदेशी सैन्य जासुस उपग्रह बोकेको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको हो।
उत्तर कोरियाले पनि गत हप्ता आफ्नै जासुसी उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको थियो। यो कदमले बढ्दो अन्तर–कोरियाली सुरक्षा प्रतिद्वन्द्वलाई संकेत गरेको बताइएको छ।
उपग्रह स्थानीय समयअनुसार उक्त रकेट बिहान १०: १९ मा प्रक्षेपण भएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ। यसले सामान्य रूपमा काम गरिरहेको बताइएको छ।
दक्षिण कोरियाले उत्तर कोरियालाई राम्रोसँग निगरानी गर्न सन् २०२५ सम्ममा थप चारवटा उपग्रह अन्तरिक्षमा पठाउने योजना बनाएको छ।
यी उपग्रहले पृथ्वीको सतहमा मौसमको पर्बाह नगरी डेटा संकलन गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ। यो योजनाले दुई कोरियाबीच अन्तरिक्ष हतियारको दौडलाई थप चर्काउने कतिपयको विश्लेषण छ।
यसअघि, उत्तर कोरियाले नोभेम्बर २१ मा आफ्नो पहिलो जासुसी उपग्रह अन्तरिक्षको कक्षमा पठाएको थियो। उसले यस वर्षको शुरूमा दुई असफल प्रयासपछि छोटो अवधिमा थप प्रक्षेपण गर्ने वाचासमेत गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
