गुल्मीमा ५४ मत बदर गरेर पुनः मतदान

छापहिले मतदान केन्द्र 'क' मा प्रतिनिधिसभाकाे ठाउँमा प्रदेशसभाको मतपत्र दिएको पाइएपछि खसिसकेकाे ५४ मत बदर गरेर मतदान शुरू गरिएकाे प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

गुल्मी– मालिका गाउँपालिका– ५ छापहिले माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान शुरू भएको छ।

छापहिले मतदान केन्द्र 'क' मा प्रतिनिधिसभाकाे ठाउँमा प्रदेशसभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो। यसअघि खसेको ५४ मत बदर गरेर मतदान शुरू गरिएकाे प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। 

मत हाल्न पाउने सर्वसाधरणको अधिकार बञ्चित नहुनेगरी ५४ जनालाई पुन मतदानमा सहभागि गराइने पौडेलको भनाइ छ। मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई पनि परिवर्तन गरीएको छ।  

“त्यहाँकाे सुरक्षा व्यवस्था चुस्त पारिएको छ। अन्य स्थानमा भने शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ”, पौडेलले भने।