घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बसमा आगो लगाइदिएका छन्।
काठमाडौँ– रुपन्देहीमा शनिबार बिहान स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका– ४ महुवारीमा सिद्धार्थ बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको वडाध्यक्ष विनोदकुमार श्रीवास्तवले जानकारी दिए।
दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी २० वर्षीया अप्सरा खातुनलाई उपचारका लागि भैरहवा लगिएको छ।
“बस भारततर्फ गइरहेको स्कुल बसले मदरसातर्फ गइरहेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो,” वडाध्यक्ष श्रीवास्तवले भने।
घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बसमा आगो लगाइदिएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
