अहिले अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्था भने नरहेको मन्त्री ज्वालाको दाबी छ।
काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीलाई गरिसकेको कामको रकम भुक्तानी गर्ने बताएका छन्।
शनिबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४औँ वार्षिक साधारण सभामा बोल्दै उनले गत वर्षको बाँकी रहेको रकम दिनसके मात्रै पनि अर्ततन्त्र चलायमान हुने बताएका हुन्। त्यसका लागि सरकार लागिपरेको उनको भनाइ छ।
“भुक्तानीका विषयमा हामी आफैँ भुक्तमान बेहोरिरहेका छौँ। हामी आफैं माग्ने पक्ष जस्तो भएका छौँ। सरकारको एउटा पार्टनर भए पनि त्यहाँ धेरै माग्नुपर्ने र लाग्नुपर्ने, लडिरहनुपर्ने, भनिरहनुपर्ने छ,” उनले भने, “अघिल्लो आर्थिक वर्षको रकम जुनसुकै अवस्थामा पनि जुनसुकै विकल्प रोजेर भएपनि त्यसलाई भुक्तानी दिनुपर्छ। त्यसो भयो भने फाइदा हुन्छ। अर्थतन्त्र चलायमान हुन्छ।”
देशको अर्थतन्त्र बाहिर प्रचार भएजस्तो धेरै अफ्ठ्यारोमा भने नरहेको मन्त्री ज्वालाको भनाइ छ। सरकारले उद्योगी लगानी सम्मेलन गर्ने तयारी गरिरहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
