एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सरकार छाडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र मौलाएको बताएका छन्।
काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देश अस्थिर बन्दै गएको दाबी गरेका छन्।
एमालेले थालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत शनिबार अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता मौलाएको बताएका हुन्।
“एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो? सबैले देख्नुभएको छ। बुझ्नुभएको छ। देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको छ। भ्रष्टाचार, तस्करी मौलाएको छ,” उनले भने, “सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ।”
अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमालेबाहेक अरू राजनीतिक दलहरूले गर्न नसक्ने उनले सुनाए।
अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए। उनले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने उल्लेख गर्दै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरूले सम्पन्नता भएको देश गरिब रहन नसक्ने जिकिर गरे।
झुलाघाटबाट शुरू भएको एमालेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवा भन्ज्याङमा पुगेर सम्पन्न हुनेछ। अभियानका क्रममा मध्यपहाडी क्षेत्रमा विकास निर्माणको अवस्थाबारे बुझ्ने र त्यहाँका जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया गरिने एमालेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
