निर्माण व्यवसायीको ढिलाइ र बाढीले आयोजना संरचनामा क्षति पुर्याएकाले मेलम्चीको पानी काठमाडौँ पठाउन केही समय लागेको मन्त्री यादवको भनाइ छ।
काठमाडौँ– खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन्।
बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन्। खोला तर्दै गर्दा मन्त्री यादवले ‘काठमाडौँवासीलाई चाँडो पानी पुर्याउनुपर्छ है’ भन्दै निर्देशनसमेत दिए।
मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौँमा पानी आउँछ भन्ने यकिन समय भन्न नसकिने अवस्थामा रहेको छ।
मन्त्री यादव पानी काठमाडौँ चाँडो पठाउने विषयमा छलफल गर्न भन्दै शनिबार पनि त्यतै बसेका छन्। जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ झार्नुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यवसायीसँग छलफलमा जुटेको उनको सचिवालयका टंक धमलाले जानकारी दिए।
“मेलम्चीको पानी काठमाडौँ पुर्याउने विषयमा मन्त्री लागि पर्नुभएको छ, सबैसँग छलफल भइरहेको छ, बाढीका कारण क्षति पुगेका संरचना निर्माण गरेर चाँडै पानी काठमाडौँ पुग्छ,” उनले भने।
निर्माण व्यवसायीको ढिलाइ र बाढीले आयोजना संरचनामा क्षति पुर्याएकाले मेलम्चीको पानी काठमाडौँ पठाउनका लागि केही ढिलाइ भएको मन्त्री यादवले बताए।
“ठेकेदारले काम नगरेमा उपभोक्ता समितिबाट भए पनि काम गरी चाँडोभन्दा चाँडो पानी काठमाडौँ पठाउन हामी लागिपरेका छौँ, एक महिनाभित्रमा पानी काठमाडौँ पुर्याउने हाम्रो लक्ष्य हो,” उनले भने।
मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमन पछि मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि काठमाडौँ पानी पठाउनका लागि तीव्र गतिमा काम शुरू भएको बताए।
“मुहानमा बाढीलगायत विभिन्न समस्याका बाबजुद पनि अहिले काम सन्तोषजनक हिसाबले भइरहेको छ,” उनले भने।
बाढीका कारण मेलम्चीका ७ नम्बर गेट, ९ नम्बर गेड, १९ नम्बर गेट र २१ नम्बर गेटमा क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनाको कार्यालयले जनाएको छ।
क्षति पुर्याएका संरचना निर्माणदेखि मर्मत गरेर पानी काठमाडौँमा पठाउनुपर्ने अवस्था रहेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए।
“यति दिनमा पानी काठमाडौँ पुग्छ भन्न सक्ने अवस्था छैन, काम तीव्र गतिमा शुरू भएको छ, पानी काठमाडौँमा महिना दिनमा पुर्याउने आशा गरेका छौँ,” उनले भने।
प्राविधिक र अन्य समस्या भएकाले यति दिनभित्र पानी पुग्छ भन्न सकिने अवस्था नभएको र अन्य समस्या र अवरोध नआए एक महिनामा पानी काठमाडौँ पुग्ने उनको भनाइ छ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारका तर्फबाट पूर्ण रूपमा सहयोग भइरहेको बताए।
“मेलम्चीको पानी काठमाडौँ पठाउनका लागि स्थानीय सरकार र जनता पूर्ण रूपमा सहयोग गरिरहेका छन्, हाम्रा पनि केही माग भएकाले पटक पटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छौँ, ती मागहरूको सम्बोधन हुनुपर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
