पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

लुम्बिनी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पनि कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति गण्डकी, लुम्बिनी, कर्णाली, बाग्मती, सुदूरपश्चिम र कोशीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा हुनेछ। 

गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।