फिलिपिन्समा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको थियो। 

पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार साँझ ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। 

स्थानीय समयअनुसार राति १०:३७ बजे हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको थियो।

भूकम्पका कारण मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल कुनै रिपोर्ट प्राप्त नभएको समाचार संस्था रोयटर्सले जनाएको छ। 

फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एशियाली मुलुक हो।