अन्तःशुल्क स्टिकर दुरुपयोगको आरोपमा मोरङको धनपालथान गाउँपालिका–४ का एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर– राजस्व विभागले प्रयोग गर्ने अन्तःशुल्क स्टिकर दुरुपयोगको आरोपमा मोरङको धनपालथान गाउँपालिका–४ का एक व्यापारी पक्राउ परेका छन्।
अन्तःशुल्क स्टिकर दुरुपयोगको आरोपमा उक्त गाउँपालिकाको कर्सिया बजारस्थित केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनिलकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
विभिन्न ब्रान्डका गुट्खा र अन्य सुर्तीजन्य पदार्थको प्याकेटमा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको भन्ने सूचनाका आधारमा प्रारम्भिक अनुसन्धानपछि राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रयोग भइसकेका स्टिकर संकलन गरी पुनः प्रयोग गर्ने उद्देश्यले उनले बिक्री गर्ने गरेको र त्यसबाट ठूलो परिमाणमा राजस्व छली हुँदै आएको पाइएको प्रहरीको भनाइ छ।
मोरङ प्रहरीका प्रवक्ता, डीएसपी रन्जनकुमार दाहालका अनुसार व्यवसायी राजवंशीले सुर्तीजन्य पदार्थमा लगाइने अन्तःशुल्कको स्टिकर भण्डारण गरी राख्ने गरेका थिए। संकलित ती स्टिकर बुटवलमा रहेको श्री राम उद्योगले उत्पादन गर्ने करेन्ट नामको गुट्खामा पुनः प्रयोगका लागि पठाउने गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए।
प्रहरीका अनुसार साना व्यवसायीबाट ३ रुपैयाँमा किनेर राजवंशीले बुटवलको उद्योगलाई ५ देखि ७ रुपैयाँ प्रतिगोटाका दरले स्टिकर बिक्री गर्ने गर्थे।
राजवंशीको पसलमा छापा मार्ने क्रममा प्रहरीले ३ हजार १४० वटा अन्तःशुल्क स्टिकर बरामद गरिएको थियो। अन्तःशुल्क स्टिकर दुरुपयोगका आरोपी राजवंशीलाई थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
