आइतबार नेप्से परिसूचक ९.२९ अंकले घटेर १८५१.२३ को बिन्दुमा सीमित भएको छ।
काठमाडौँ– यो साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ९.२९ अंकले घटेर १८५१.२३ को बिन्दुमा सीमित भएको छ।
आइतबार विभिन्न २९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर ३६ हजार ९७७ पटक खरिदबिक्री हुँदा ९६ करोड ४० लाख १० हजार ४३१ बराबरको कारोबार भएको छ।
लघुवित्त समूहमा ०.०६ प्रतिशतको वृद्धि देखिएको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै म्युचुअल फन्ड समूह १.२५ र वित्त समूह ०.५५ प्रतिशतले घटेको छ।
सबैभन्दा धेरै थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.६३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेड र युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आइतबार सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ६ करोड ९५ लाख २९ हजार २७० रुपैयाँ बराबरको दुई लाख ३६ हजार ७८८ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
