नेपाल एयरलाइन्सको ट्विनअटर विमान मुगुस्थित रारा विमानस्थलमा ग्राउन्डेड भएको छ।
मुगु– नेपाल एयरलाइन्सको ट्विनअटर विमान मुगुस्थित रारा विमानस्थलमा ग्राउन्डेड भएको छ।
बाँकेको नेपालगन्जबाट मुगुको रारा विमानस्थलका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि उडान प्रभावित भएको हो।
नेपाल एयरलाइन्सको नाइन एनएबीयू कल साइन भएको विमान तीन जना यात्रु र चालक दलसहित बिहान ११ बजे रारा विमानस्थल पुगेको थियो।
त्यहाँबाट १३ जना यात्रु लिएर नेपालगन्ज उडान गर्न लाग्दा जहाजको ब्याट्रीमा समस्या भएपछि ग्राउन्डेड भएको हो।
विमानमा समस्या देखिएपछि तत्कालै तारा एयरलाइन्सको जहाजमा नेपालगन्जबाट इन्जिनियर झिकाएर विमानको जाँच गरिएको थियो।
त्यस क्रममा जहाजको ब्याट्रीमा समस्या देखिएकाले नेपालगन्जबाट ब्याट्री झिकाएपछि सोमबार नेपालगन्जका लागि उडान हुने नेपाल एयरलाइन्स रारा विमानस्थलका नेत्र भामले जानकारी दिए।
उक्त एयरलाइन्सबाट नेपालगन्ज जाने १३ जना यात्रुहरू ताल्चाको होटलमा बसेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
