फिलिपिन्सको मिन्डानाओ स्टेट विश्वविद्यालयभित्रको जिममा आइतबार विस्फोट हुँदा चारको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।
फिलिपिन्सको दक्षिणी प्रान्त लानाओ डेल सुरमा रहेको मिन्डानाओ स्टेट विश्वविद्यालयभित्रको जिममा आइतबार बिहान विस्फोट हुँदा कम्तिमा चारको मृत्यु र ५० जना घाइते भएको सुरक्षा अधिकारीले बताएका छन्।
सेनाको प्रथम इन्फेन्ट्री डिभिजनका कमान्डर मेजर जनरल गेब्रियल विरेले मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको जानकारी दिए। स्थानीय प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजे विद्यार्थी र शिक्षक जिमभित्र क्याथोलिक प्रार्थना सभाका लागि जम्मा भएका बेला विस्फोट भएको थियो।
प्रहरीले विस्फोटमा प्रयोग गरिएको उपकरणको जाँच गरिरहेको जनाएको छ। मिन्डानाओ स्टेट विश्वविद्यालयले घटनाको घोर निन्दा गरेको छ। साथै घटनाबाट अत्यन्त दुःखी र स्तब्ध भएको जनाएको छ।
विश्वविद्यालयले अर्को सूचना नभएसम्म कक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ। साथै मरावी शहरस्थित विश्वविद्यालय परिसरको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। यो शहर राजधानी र मिन्डानाओ द्वीपमा लानाओ डेल सुरको सबैभन्दा ठूलो शहर हो।
सन् २०१७ मा स्थानीय आतंकवादीले इस्लामिक स्टेटलाई समर्थन गरेको दाबी गरेका थिए। इस्लामिक स्टेटमा अबु सय्यफ समूहको एउटा गुट, माउते समूह र अन्य समावेश छन्। उनीहरूले उक्त शहरलाई पाँच महिनासम्म कब्जा गरेका थिए। कब्जा गर्ने क्रममा एक हजार २०० भन्दा बढीको मृत्यु भएको थियो। हजारौँ बासिन्दा विस्थापित भएका थिए। साथै, शहरका धेरै संरचना ध्वस्त भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
