प्रधानमन्त्री पुष्पकमल दाहालले कोप–२८ सम्मेलनका क्रममा आफूहरूले विश्वभर नेपालको चर्चा गराउन सफल भएको दाबी गरे।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुतिले सकारात्मक तरंग ल्याएको दाबी गरेका छन्।
दुबईमा आयोजित कोप–२८ सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका तर्फबाट आफ्नो प्रस्तुतिले त्यहाँ तरंग ल्याएको दाबी गरेका हुन्। कोप–२८ सम्मेलनमा नेपाललाई सोचेभन्दा बढी सन्तुष्टि मिलेको पनि सुनाए।
सम्मेलनभर नेपाल, हिमाल र पहाडको विश्वभर धेरै चर्चा भएको प्रधानमन्त्री दाहालको भनाइ थियो। “नेपालको अहिलेसम्म नेपालको छुट्टै पेभिलिएन थिएन यसअघि। पहिलोपटक त्यहाँ पेभिलिएन प्राप्त भएर त्यहाँ हाम्रा युवाहरू, पत्रकारहरू, विज्ञहरू त्यहाँ केन्द्रित भएर त्यहाँ लगातार हस्तक्षेप हुने गरी कार्यक्रम भयो। यो हाम्रा लागि खुशीको कुरा भयो,” उनले भने।
उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई प्राथमिकतामा राखेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा आफू ढुक्क भएको पनि बताए।
“अब महासचिवले हामीलाई प्राथमिकतामा राखिदिएको हुनाले आर्थिक र प्राविधिक सहायता आउने कुरामा पनि ढुक्क हुने स्थिति बनेको छ। त्यसकारण यो अलि नयाँ भयो भन्ने छ,” उनले भने। प्रधानमन्त्री दाहालले कोप–२८ सम्मेलनका क्रममा नेपालको चर्चा विश्वभर गराउन आफूहरू सफल भएको दाबी गरे।
प्रधानमन्त्री दाहाल गत मंसिर १३ गते कोप–२८ सम्मेलनमा भाग लिन दुबई प्रस्थान गरेका थिए। प्रधानमन्त्री दाहालले शनिबार सम्मेलनलाई सम्बोधन गरेका थिए। उनले जलवायु परिवर्तनका कारण नेपालले अन्याय भोग्नुपरेको उल्लेख गरेका थिए। उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
