स्थानीय बासिन्दाको स्वास्थ्योपचारमा सहयोग पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसीजी, अल्ट्रासाउन्ड लगायतका मेसिन सञ्चालनमा आउन सकेका छैनन्।
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा बिरामी जाँचका लागि ल्याइएका लाखौँ मूल्यका मेसिन (उपकरण) प्रयोगविहीन अवस्थामा रहेका छन्। उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा मेसिन प्रयोगविहीन अवस्थामा रहेका हुन्।
स्थानीय बासिन्दाको स्वास्थ्योपचारमा सहयोग पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसीजी, अल्ट्रासाउन्ड लगायतका मेसिन सञ्चालनमा आउन सकेका छैनन्। “स्वास्थ्य चौकीमा नगरपालिकाका तर्फबाट चिकित्सकको व्यवस्था हुँदासम्म केही मेसिन सञ्चालनमा ल्याइएका थिए,” स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले भने, “हाल चिकित्सक नहुँदा मेसिन सञ्चालन हुन सकेका छैनन्।”
स्वास्थ्य चौकीमा उपलब्ध मेसिन सञ्चालन गर्न दक्ष प्राविधिकको आवश्यकता पर्ने भए पनि दरबन्दी नहुँदा समस्या भएको उनले बताए। भट्टका अनुसार मेसिन सञ्चालन गर्न दुई जना दक्ष प्राविधिकको आवश्यकता रहेको छ। गर्भवती जाँचका लागि राखिएको पोर्टेवल अल्ट्रासाउन्ड मेसिन भने सञ्चालनमा रहेको उनले जानकारी दिए।
लाखौँ मूल्य पर्ने मेसिन हुँदा पनि चर्को शुल्क तिर्दै टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको उपचारका लागि स्वास्थ्य चौकी पुगेका बिरामी बताउँछन्। स्थानीय समाजसेवी करनसिंह ऐरले तत्काल स्वास्थ्य चौकीमा रहेका मेसिन, उपकरण सञ्चालनमा ल्याउनुपर्ने बताए। “स्वास्थ्य चौकीलाई चुस्त रूपमा सञ्चालन गर्ने जिम्मा नगरपालिकाको हो,” उनले भने, “तत्काल दक्ष प्राविधिकको व्यवस्था गरी उपकरण सञ्चालनको व्यवस्था गरी उपचारलाई सहज बनाइनुपर्छ।”
नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रमानन्द भट्टले नगर प्रमुखले चिकित्सक र प्राविधिकको व्यवस्था गर्ने प्रतिबद्धता गरेको बताए। छिट्टै स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरी उपकरण सञ्चालनमा आउने उनको दाबी थियो। “यहाँ रहेका उपकरण सञ्चालन गर्ने प्राविधिकको दरबन्दी नहुँदा समस्या भएको हो”, उनले भने, “नगरपालिकाको तर्फबाट भए पनि प्राविधिकको व्यवस्था गर्नका लागि कार्य अगाडि बढाउँदै छौँ।”
स्वास्थ्य चौकीमा रहेको प्रयोगशाला परम्परागत तरिकाले सञ्चालन हुँदै आएका छन् । प्रयोगशालालाई आधुनिक बनाउन नयाँ मेसिन व्यवस्था गर्नका लागि बारम्बार माग हुँदै आए पनि नगरपालिकाको स्वास्थ्य शाखाबाट आश्वासन मात्रै पाइने गरेको स्वास्थ्य चौकीका कर्मचारीको भनाइ छ। बिरामीलाई छिटोछरितो रूपमा सेवा दिनका लागि प्रयोगशालामा कुल्टरकाउन्टर र एनलाइजरको आवश्यकता रहेको छ।
स्वास्थ्य शाखा प्रमुख भट्टले प्रयोगशालालाई आधुनिक बनाउनका लागि माग गरिएका मेसिन खरिद गर्न बजेट अपुग रहेकाले उपकरण उपलब्ध गराउन नसकिएको बताए। “एउटै मेसिन खरिद गर्न रु छ देखि रु सात लाखसम्म पर्छ,” उनले भने, “जुन तरिकाले भए पनि मेसिन खरिद प्रक्रिया अगाडि बढाउँछौँ। शाखाका लागि विनियोजित बजेट र त्यसबाट हुन नसके प्रदेशबाट मेसिनको व्यवस्था गर्छौं।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
