सन् २०१८ यता रुसले दोस्रो पटक सेना विस्तार गरेको छ। यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए।
रुसले युक्रेनमाथि आक्रमण थप बढाइरहेका समय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई आदेश दिएका छन्। पुटिनको आदेश तत्काल लागू भएको क्रेमलिनले आइतबार जनाएको छ।
मस्कोले सैनिकहरूको संख्या बढाउँदै जाँदा, यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ र रुसी सैन्य कर्मचारीहरूको समग्र संख्या २२ लाख कायम हुन्छ। रुसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विशेष सैन्य अभियान र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को जारी विस्तारसँग सम्बन्धित हाम्रो देशमाथि बढ्दो खतराका कारण सशस्त्र बलको पूर्णकालीन शक्तिमा वृद्धि गरिएको छ।"
यद्यपि, यो आदेशले ‘भर्तीको कुनै उल्लेखनीय विस्तार’लाई संकेत गर्दैन, तर यो वृद्धि बिस्तारै थप स्वयंसेवकहरू भर्ती गरेर हुने रुसी अधिकारीलाई उद्धृत गरी अलजजिराले जनाएको छ।
रुसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ देखि डिसेम्बर १ सम्म चार लाख ५२ हजारभन्दा बढीलाई करारमा सेना भर्ना गरिएको जानकारी दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “नेटोको संयुक्त सशस्त्र बल रुसको सीमा नजिक निर्माण भइरहेको छ र थप हवाई प्रतिरक्षा प्रणाली र आक्रमण गर्ने हतियारहरू तैनाथ गरिएको छ। नेटोको सामरिक आणविक शक्तिको क्षमता वृद्धि भइरहेको छ।”
नेटो गठबनधनको आक्रामक गतिविधिको लागि रुसी सेनालाई बढाउनु उपयुक्त प्रतिक्रिया भएको रुसको दाबी छ।
सन् २०१८ यता रुसले दोस्रो पटक सेना विस्तार गरेको छ। यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए। गत डिसेम्बरमा रुसी रक्षामन्त्री सर्गेई शोइगुले रुसको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो देशलाई १५ लाख सैनिक आवश्यक रहेको बताएका थिए।
यसअघि क्रेमलिनले आफ्नो सेनाको आकारलाई पर्याप्त ठानेको थियो, तर युक्रेनमाथि चाँडै विजय हासिल गर्ने आशामा संख्या बढाइएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
