अक्टोबर ७ देखि अहिलेसम्म इजरायली आक्रमणबाट गाजापट्टीमा मृत्यु हुनेको संख्या १५ हजार ५०० भन्दा बढी पुगेको छ भने ४१ हजार ३०० भन्दा बढी घाइते भएका छन्।
गएको शुक्रबार युद्धविरामको अन्त्य भएसँगै इजरायलले गाजामा आक्रमण तीव्र पारेको छ। गाजा क्षेत्रमा घुसेरै इजरायली सेनाले गरिरहेको आक्रमणमा परेर पछिल्लो २४ घण्टामा मात्रै ७०० भन्दा धेरै प्यालेस्टिनी मारिएका त्यहाँका अधिकारीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ।
अक्टोबर ७ देखि अहिलेसम्म इजरायली आक्रमणबाट गाजापट्टीमा मृत्यु हुनेको संख्या १५ हजार ५०० भन्दा बढी पुगेको छ भने ४१ हजार ३०० भन्दा बढी घाइते भएका छन्। गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले आइतबार यो जानकारी दिएका हुन्।
हमासले अक्टोबर ७ मा गाजापट्टीबाट इजरायलमाथि रकेट आक्रमण गरी सीमा उल्लंघन गरेको थियो। त्यसपछि इजरायलले जवाफी आक्रमण शुरू गर्यो र गाजामा पूर्ण नाकाबन्दी गर्न आदेश दियो। यस्तै पानी, खाना र इन्धनको आपूर्ति बन्द गर्यो।
इजरायलले हमास लडाकुहरूलाई हटाउने र बन्धकहरूलाई उद्धार गर्ने लक्ष्यका साथ अक्टोबर २७ मा गाजापट्टीमा भूमिगत आक्रमण शुरू गरेको थियो। कतारले गत हप्ता इजरायल र हमासबीच अस्थायी युद्धविराम र केही बन्दी र बन्धकहरूको आदानप्रदानका साथै गाजापट्टीमा मानवीय सहायता प्रदान गर्ने सम्झौताका साथ युद्धविराम गरेको थियो।
पहिलो चरणमा चार दिन भनिएको युद्धविराम दुई दिन थपिएको थियो। शुक्रबार अस्थायी युद्धविराम सकिएसँगै त्यसपछि अहिले इजरायलले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
