सुनको भाउ लगातार बढ्दै, तोलाको १ लाख २१ हजार नाघ्यो

आइतबारको भन्दा ८ सय रुपैयाँले बढेको छ।

काठमाडाैँ– हप्ताको दोस्रो दिन सोमबार पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

योसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। 

त्यस्तै सोमबार तेजावी सुनको मूल्य १ लाख २१ हजार रुपैयाँ कायम भएको छ। नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा स्थिर छ।