सोमबार २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता शेयर ४३ हजार ४२८ पटक खरिदबिक्री हुँदा एक अर्ब १९ करोड रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ।
काठमाडौँ– सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ। आइतबार ७.२९ अंकले घटेको नेप्से परिसूचक सोमबार ३.४२ अंकले घटेको छ। सोमबारको कारोबारपछि नेप्से परिसूचक १८४७.८१ अंकमा कायम भएको छ।
विभिन्न कम्पनीका २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता शेयर ४३ हजार ४२८ पटक खरिदबिक्री हुँदा एक अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
सोमबारको कारोबारमा विकास बैंक समूह ०.०२, वित्त समूह ०.५५, जीवन बीमा समूह ०.९७, म्युचुअल फन्ड ०.१५ र निर्जीवन बीमा समूह ०.३५ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै बैंकिङ र अन्य समूहको उपसूचक समान ०.६२ प्रतिशतले घटेको छ। त्यस्तै, होटल तथा पर्यटन ०.१८, जलविद्युत् ०.१२, लगानी ०.४८, उत्पादन तथा प्रशोधन ०.३५, लघुवित्त ०.०३ र व्यापार समूह ०.४५ अंकले घटेको छ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८.०६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मूल्यमा समान ९.९९ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सोमबार सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सात करोड ४६ लाख ३१ हजार ७२३ रुपैयाँ बराबरको दुई लाख ४८ हजार १९३ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
