प्रधानमन्त्री पुष्पकमल दाहालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री कानूनसम्मत भए नभएको यकिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा आजिआटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री कानूनसम्मत भए नभएको यकिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले एनसेल खरिद–बिक्रीबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर, कानूनको पालना भए नभएको तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावबारेमा शीघ्र अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
आजिआटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको थियो। आजिआटाले सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको एनसेलको शेयर ५ करोड अमेरिकी डलरमा बेच्ने निर्णय गरेको हो।
नेपालको आर्थिक अवस्था दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको आजिआटाले जारी गरेको वक्तव्यमा उल्लेख गरेको थियो। नियामक निकायलाई समेत जानकारी नहुने गरी देशबाहिर एनसेलको शेयर खरिद–बिक्री भएको, व्यावसायिक कारोबारको कानूनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री दाहालले अध्ययनका लागि निर्देशन दिएका हुन्।
“एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री दाहालले गम्भीर चासो व्यक्त गर्नुभएको छ। यस सम्बन्धमा कानून पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ,” प्रधानमन्त्रीले सचिवालयले भनेको छ।
एनसेलको शेयर खरिद–बिक्रीबारे संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो। समितिले एनसेलको खरिद–बिक्री सम्बन्धमा सम्बन्धित निकायहरूसँग जवाफसमेत मागेको छ। समितिले आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा ९ वटा प्रश्नसहित पत्र पठाएर जानकारी मागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
