कोशी र लुम्बिनीसहित देशभरका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।
काठमाडौँ– नेपालमा पश्चिमी वायुको साथै भारत उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
साथै, पूर्वी भूभागमा बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित शक्तिशाली सामुद्रिक आँधी (मिचाउङ)को समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले कोशी र लुम्बिनीसहित देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी स्थानको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
यसैगरी, राति पनि कोशी, मधेश, बागमती र गण्डकीमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
