आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका रहेको हमासले जनाएको छ।
गाजामा इजरायलको आक्रमणमा परि मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ। इजरायली सेनाले तीन दिनयता दक्षिणी गाजापट्टीमा आक्रमण गरिरहेको छ।
आक्रमणमा सोमबार रातिसम्म १६ भन्दा बढीको मृत्यु भएको भए गाजाको स्वास्थ्य मन्त्रालय चलाइरहेको हमासले जनाएको छ। गाजापट्टीमा सोमबार भूमिगत युद्ध र हवाई बमबारी भएको थियो।
गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राका अनुसार आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका छन्।
शुक्रबार एक हप्ता लामो युद्धविराम सकिएपछि इजरायलले गाजामा पुनः ठूलो मात्रामा बमबारी अभियान शुरू गरेको हो। जसलाई खान युनिसका बासिन्दाले अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमणको रूपमा वर्णन गरेका छन्।
युद्ध विरामको समयमा इजरायली जेलबाट २४० प्यालेस्टिनी र हमासले गाजामा बन्दी बनाइएका ११० जना रिहा भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
