आगलागीबाट सिन्धुपाल्चोकमा १ घर जल्यो, १ जनाको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको जलेर मृत्यु भएको छ। परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको छ। 

सिन्धुपाल्चोक– बाह्रबिसेस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली छन्। 

काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा सोमबार राति आगो लाग्दा उनको जलेर मृत्यु भएको डीएसपी निरञ्जन भट्टराईले जानकारी दिए।

घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिन्डरसमेत पड्किएको थियो। आगलागीबाट उनको शरीरको पूरा भाग जलेको भट्टराईले बताए।

परिवारका अन्य सदस्यलाई भने प्रहरीले तत्काल उद्धार गरेको थियो। आगो राति नै नियन्त्रणमा दिइएको प्रहरीले जनाएको छ।

क्षतिको अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।