थाइल्यान्डमा बस दुर्घटना: १४ जनाको मृत्यु, ३५ घाइते

सन् २०२२ मा मात्रै सवारी दुर्घटनाका कारण थाइल्यान्डमा १५ हजार मानिसले ज्यान गुमाएका थिए। 

थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। ३५ जना घाइते भएका छन्। 

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किएको थियो।

राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ गइरहेको बस दुर्घटनामा परेको बीबीसीले जनाएको छ।

सोमबार राति भएको दुर्घटनाको कारण खुल्न सकेको छैन। तर, प्रहरीले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरेको छ। दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको छ।

प्रचुप खिरी खान यसको समुद्र तट, गुफा र पदयात्राका लागी पर्यटक माझ लोकप्रिय छ।

थाइल्यान्ड विश्वमा नै धेरै सवारी दुर्घटना हुने देशमा पर्ने र जसले प्रत्येक वर्ष हजारौँ मानिसको मृत्यु हुने गरेको समाचारमा उल्लेख छ। 

सन् २०२२ मा मात्रै सवारी दुर्घटनाका कारण थाइल्यान्डमा १५ हजार मानिसले ज्यान गुमाएका थिए। बेलायतमा त्यो संख्या एक हजार ७०० छ।