अर्थमन्त्री डा. महतले एनसेल बिक्री प्रकरणका बारेमा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताएका छन्।
नवलपरासी– अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन्।
मंगलबार नवलपरासीको नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. महतले एनसेल बिक्री प्रकरणका बारेमा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताएका हुन्।
नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण र राजस्वका सम्बन्धमा राजस्व अनुसन्धान एवं कर कार्यालयका पदाधिकारीसँग छलफल जारी रहेको भन्दै मन्त्री डा. महतले त्यसपछि सरकार निष्कर्षमा पुग्ने बताए।
“किनबेच गर्ने निकायले, नियमन गर्ने निकायसँग त्यसको अनुमति लिएर किनबेच गर्नुपर्ने व्यवस्था छ। त्यसको बाबजुद बाहिर नै किनबेच भयो भन्ने कुरा आएको छ। यसको गहिराइमा हामी पुग्छौँ, हाम्रो कानूनी व्यवस्था जे छ, कानूनी व्यवस्थाको आधारमा यसको गहिराइमा गएर विश्लेषण गरी सरकार निष्कर्षमा पुग्नेछ,” अर्थमन्त्री डा. महतले भने।
किनबेच हुने कुरा कुनै अनौठो विषय नभएको तर विधिपूर्वक कानूनी व्यवस्थाअनुसार भयो कि भएन भन्ने प्रमुख रहेको उनले बताए।
“कानूनी व्यवस्थाअनुसार किनेबेच भयो भएन भन्ने हो, कुनै कारणले रकम कम देखाएको त छैन, त्यसको यथार्थ मूल्यभन्दा के कारणले तल भयो त्यसको छानबिन हुनुपर्छ,” अर्थमन्त्री डा. महतले भने, “तर किनबेच हुँदैमा लगानीकर्ता आउन खोजेनन्, हाम्रो अर्थनीति ठीक भएन भन्ने होइन।”
अर्थमन्त्री डा. महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेको बताए। उद्यमीका समस्या सम्बोधन गर्न राष्ट्र बैंकमार्फत गृहकार्य भइरहेको उनले बताए। बैंकसँग ऋण लिएपछि जसरी पनि तिर्नुपर्नेमा उनले जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
