सुन्तला बेचेर केही आम्दानी गर्ने आशामा रहेका किसान औँसेकीराका कारण सुन्तला झर्न र बोटसमेत मर्न थालेपछि चिन्तित बनेका छन्। पर्वतमा झन्डै ९०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्छ।
पर्वत– पाक्ने बेलाको सुन्तलामा औँसेकीरा फैलिएर नाश हुन थालेपछि पर्वतका किसान चिन्तित छन्। सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुर र दक्षिण पर्वतको पैँयु गाउँपालिका–३ त्रिवेणीमा पछिल्लो दुई सातायता औँसेकीराको प्रकोप फैलिएको हो।
सुन्तला बेचेर राम्रो आम्दानी गर्ने बेलामा औँसेकीरा र पतेरोले सुन्तला झरेर बगैँचा भरिएको किसानले बताएका छन्। देउपुरका दाताराम चापागाईंले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने आशामा रहेका बेला औँसेकीराका कारण सुन्तला झर्न र बोटसमेत मर्न थालेका बताए।
देउपुरमा मात्रै तीन सय बढी किसान व्यावसायिक सुन्तला खेती गर्दै आएका छन्। यो गाउँबाट गत वर्ष तीन करोड रुपैयाँको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईंले जानकारी दिए। पछिल्ला केही दिनयता औँसेकीरा लागेर धमाधम सुन्तला झर्न थालेको उनले बताए।
स्थानीय मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रमा अनुरोध गरे पनि निदानका लागि कुनै उपाय नपाएको स्थानीय प्रकाश चापागाईंले बताए।
पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौँ र बुटवल लैजाने भए पनि अहिलेसम्म व्यापारी आइपुगेका छैनन्। टिप्ने बेलामा झर्ने र भएका दानामा पनि कीरा लागेर खानै नमिल्ने समस्या देखिएको उनको भनाइ छ।
कृषि ज्ञान केन्द्र पर्वतले देउपुर र त्रिवेणीलगायत ठाउँमा औँसेकीराबाट झन्डै ३० प्रतिशत क्षति पुगेको जनाएको छ। कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले २५ देखि ३० प्रतिशत क्षति पुगेको र थप क्षति हुन नदिनका लागि जतिसक्दो चाँडो सुन्तला टिपेर बजार पठाउन आग्रह गरिएको उनले बताए। उनले औँसेकीराले झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने यो प्रक्रियाले कीराको चक्र ‘ब्रेक’ गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको समेत बताए।
औँसेकीराको प्रकोपबारे पोखराबाट बाल संरक्षण प्रयोगशालाबाट विज्ञहरू लगेरसमेत स्थलगत अनुगमन गरिएको कीराको प्रकोप निदानका लागि किसानलाई आवश्यक सल्लाह र विषादीसमेत सिफारिस गरिएको बताए। चाइनिज फ्रुट प्लाई अर्थात् औँसेकीराको चक्र नष्ट गर्न झरेका सुन्तला प्लास्टिकमा जम्मा गर्ने र गहिरो खाल्डोमा पुर्न उनी सुझाउँछन्।
पर्वतमा झन्डै नौ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। जिल्लाका अन्य क्षेत्रमा भने अहिलेसम्म रोगकीराको समस्या नदेखिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। गत वर्ष पर्वतबाट ३० करोड रुपैयाँका सुन्तला निर्यात भएको थियो।
किसानले समयमै मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिनाले मुख्य पकेट क्षेत्रहरूमा असर नपारेका कारण पर्वतमा यस वर्ष पनि सुन्तला उत्पादनमा वृद्धि हुने केन्द्रले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
