मंगलबार विशालबजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ।
काठमाडौँ– यो साता लगातार तेस्रो दिन मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। मंगलबार नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ को विन्दुमा कायम भएको हो।
मंगलबार २९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता शेयर ३८ हजार ५८४ पटक खरिदबिक्री हुँदा एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार जीवन बीमा समूह ०.१६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २.५७ र होटल तथा पर्यटन समूह १.७१ प्रतिशतले घटेको छ।
सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने विशालबजार कम्पनी लिमिटेडको शेयर मूल्य ९.५३ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेडको ३६ करोड २९ लाख ५७ हजार ४२४ बराबरको आठ लाख ३१ हजार ३५० कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
