सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले महिला स्वयंसेविकाहरूले उठाएका माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए।
काठमाडौँ– महिला स्वयंसेविकाहरूले सेवानिवृत्त सुविधामा सरकारले शोषण गरिरहेको आरोप लगाएका छन्। २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन्।
कार्यक्रममा बोल्दै स्वयंसेविका संघकी अध्यक्ष गीता थिङले २० वर्षअघिको सेवानिवृत्त सुविधालाई बढाएर समय सापेक्ष बनाउन माग गरिन्। उनले अहिलेसम्म पनि महिला स्वयंसेविकाहरूलाई २० वर्षअघि तोकिएको २० हजार रुपैयाँ दिइँदै आइरहेको भन्दै असन्तुष्टि जनाइन्। सरकारले महिला स्वयंसेविकाहरूलाई सेवानिवृत्त सुविधाका रूपमा २० हजार रुपैयाँ मात्रै दिनु शोषण भएको उनको भनाइ छ।
“काममा लागिरहेका स्वयंसेविकाहरू दूरदराजमा पनि धेरै हुनुहुन्छ। उहाँहरूलाई केही न केही सेवा सुविधा दिनुपर्छ। बिदाइमा २० हजार दिने गरिएको छ। यो त २० वर्षअघिको हो। आजसम्म पनि त्यही दिने कुरा मान्य हुँदैन,” उनले भने, “यस्तोमा स्वयंसेविकाहरूको मनोबल घट्छ।”
कार्यक्रममा बोल्दै सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले महिला स्वयंसेविकाहरूले उठाएको माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए।
“उहाँहरूको आवाज बिलकुलै सही छ। राज्यले यसलाई व्यवस्थित गर्नुपर्छ। महिला स्वयंसेविकाहरूलाई विभिन्न तालिम दिई प्रभावकारी बनाएर थप सशक्त बनाउनुपर्छ,” उनले भने। डा. बास्तोलाले दूरदराजमा महिला स्वयंसेविकाहरूले गरेको योगदान अतुलनीय रहेको बताए।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमणि सिंहले महिला स्वयंसेविकाहरूको कामले सरकारलाई थप शक्ति मिल्ने गरेको बताए। उनले महिला स्वयंसेविकाहरूका लागि आवश्यक पर्ने काम गर्न मन्त्रालय तयार रहेको उल्लेख गरे।
“स्वयंसेविकाहरूले बिनास्वार्थ गरेको सहयोग धेरै नै महत्त्वपूर्ण छ। उहाँहरू दियो मात्रै होइन सिंगै उज्यालो हो। आजको दिन हामीलाई थप शक्ति प्रदान गर्नेछ। मन्त्रालयको तर्फबाट गर्ने सहयोग गर्नेछु,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
