सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिद–बिक्री शंकास्पद रहेको ठहर गर्दै सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
काठमाडौँ– सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिद–बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानूनबमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था अनुकूल खरिद–बिक्री नभएको बताए।
उनले शेयर खरिद–बिक्री शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको बताए।
“प्रधानमन्त्रीज्यूले यो विषय गम्भीर छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ र यसलाई देशको हित प्रतिकूल कुनै काम हुन नदिने र नेपालको प्रचलित कानूनबमोजिम अध्ययन गर्ने कुरा भएको छ। यो बैठकले पनि प्रधानमन्त्रीले भन्नुभएको कुरा ठीक छ भन्ने निष्कर्षमा पुगेको छ।”
प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिद–बिक्रीका बारेमा मन्त्रिपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायहरूले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको बताए।
मलेसियन लगानीकर्ता कम्पनी आजिआटाले नेपालमा दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आफ्नो शेयर बेचेर बाहिरिने निर्णय गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न प्रधानमन्त्री दाहालले छलफलका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई बोलाएका थिए।
बैठकमा प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मुख्यसचिव डा. वैकुण्ठ अर्याल लगायतको उपस्थिति थियो।
आजिआटाले आफ्नो नाममा रहेका ८० प्रतिशत शेयर बेचेर नेपालबाट बाहिरिने घोषणा गर्दै जारी गरेको सम्झौतापत्रमा उल्लेखित बुँदा र नेपालबाहिर गरिएको कारोबारका कारण आशंका उब्जिएको नेताहरूले बताउँदै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
