नयाँ दलहरू राष्ट्रिय दल बन्ने अवस्था छैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन्।

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ दलहरू बन्ने अवस्था नरहेको बताएका छन्। 

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गर्दै ओलीले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरे। “मंसिर १५ सम्ममा एमालेको बहुमतको सरकार बन्छ । नभए साझेदार दलसँग मिलेर हामी सरकार बनाउछौँ”, ओलीले भने, “अप्रिय घटना भएका ठाउँमा दोहोर्‍याएर मतदान गर्नुपर्ने हुन्छ ।”

ओलीले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। निर्वाचनको समयमा विभिन्न शक्ति लागेर निर्वाचनको गरिमा बिगार्ने र युवालाई आवेगमा ल्याउन खोजिएको उनको भनाइ छ।

ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्।