नेपालमा ‘मिचोङ’ सामुन्द्रिक आँधीको असर: हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, मधेश र बागमतीमा आंशिकदेखी सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका एक–दुई स्थानमा हल्का वर्षासमेत हुनेछ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको साथै आन्ध्र प्रदेश आसपास रहेको ‘मिचोङ’ सामुद्रिक आँधीको समेत आंशिक प्रभाव छ।

जसका कारण कोशी र मधेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो पनि कोशी, मधेश र बागमतीमा आंशिकदेखी सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशीका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ। पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, राति कोशी, मधेश ,बागमती र गण्डकीमा आंशिकदेखी सामान्य बदली रहनेछ। कोशी र मधेशको एक–दुई स्थानमा हल्का वर्षा हुनेछ। 

साथै, कोशीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।