कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी र औषधि व्यवस्था विभागको टोलीले अनुगमन गरेको थियो।
काठमाडौँ– अवैध रूपमा औषधि बिक्री गर्ने एक फार्मेसीमा सिलबन्दी गरिएको छ।
औषधि व्यवस्था विभाग र नेपाल प्रहरीको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई सिलबन्दी गरेको हो।
कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा टोलीले स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा बजार अनुगमन गरेको थियो। सोही क्रममा उक्त फार्मेसीले अवैध रूपमा औषधि बिक्री वितरण गर्ने गरेको पाइएको थियो।
बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गरिएको र अवैध रूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा सिलबन्दी गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।
टोलीले उक्त पसलबाट ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ। ओखलढुंगा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराइएको एसपी ढुंगेलले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
