‘मिचोङ’ चक्रवात: दक्षिण भारतमा १३ जनाको मृत्यु, ३ लाख ९००० प्रभावित

तटीय बस्तीमा बाढी पसेपछि दक्षिणी भारतमा कम्तीमा तीन लाख ९० हजार मानिस प्रभावित भएका छन्। भारी वर्षाका कारण मंगलबार १४० भन्दा बढी रेल सेवा र ४० उडान रद्द गरिएको थियो।

तस्वीर: पीटीआई

भारतको दक्षिणी क्षेत्रका विभिन्न शहरमा भारी वर्षा र बाढीका कारण १३ जनाको मृत्यु भएको छ। 

‘मिचोङ’ चक्रवातका कारण आएको बाढी तटीय बस्तीमा पसेपछि कम्तीमा तीन लाख ९० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आँधीमा परी ज्यान गुमाउनेमा चार वर्षीय बालक पनि छन्। 

“सडक, विमानस्थल बन्द गरिएको छ। विपद्‌बाट बच्न हामीले सबै उपाय अपनाएका छौँ,” राष्ट्रिय विपद् प्रतिक्रिया बलका एक अधिकारी जाहिद खानले एएनआई समाचार एजेन्सीसँग भने, “गर्भवती महिला, वृद्धवृद्धा र तल्लो क्षेत्रमा बसोबास गर्नेहरूलाई उद्धार गर्ने कार्य भइरहेको छ।”

मंगलबार १४० भन्दा बढी रेल र ४० उडान रद्द गरिएको थियो। बाढीपीडितको पुनः स्थापनाका लागि चेन्नाई शहरभर अस्थायी टहरा निर्माण गरिएको छ। 

बंगालको खाडी छेउको पूर्वीतटमा रहेका तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेश बढी प्रभावित भएका छन्। 

बाढीले आठ वर्षअघि चेन्नाईमा २९० जनाको ज्यान गएको थियो।