उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सात किलो ८०० ग्राम सुन बरामद गरेको छ।
काठमाडौँ– प्रहरीले काठमाडौँको न्युरोडमा रहेको सुन गाल्ने कारखानामा छापा मारेर करिब आठ किलो सुन बरामद गरेको छ।
मंगलबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त कारखानामा छापा मारेर सुन बरामद गरेको हो।
सात किलो ८०० ग्राम सुनसहित ‘ओमपाल गोल्ड सप’का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरिएको एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
यसअघि गत साउन ३ गते भन्सार जाँच भइसकेपछि ६० किलो र गत पुसमा विद्युतीय सिगरेट (भेप)मा लुकाएर ल्याइएको नौ किलो सुन बरामद भएको थियो।
पछिल्ला सुन तस्करी प्रकरणबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
