प्रधानमन्त्री दाहालले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको जानकारी दिए।
काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शासकीय प्रणालीमा सुधार गर्ने कुरामा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन्।
बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बताए। प्रधानमन्त्री दाहालले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको जानकारी दिए।
उनले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत मुलुकको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दोहोर्याए। प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखि काम गर्न मन्त्रालयका सचिवहरूलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमूल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्ने बताए।
"सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन। अब सरकारको ध्यान शासकीय सुधार गर्ने कुरामा खाली प्रशासकीय मात्रै होइन। समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामीले छलफल गरेका छौँ," प्रधानमन्त्री दाहालले भने, "शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौँ। तत्काल जनतालाई सेवा प्रवाह गर्ने विषयमा कसरी कुन कुरामा केन्द्रित भएर वा विद्यमान ऐन, कानून भित्रै बसेर सुधार गर्ने सकिने सेवा प्रवाह के हो, हामीले ऐनहरू संशोधन गरेर दीर्घकालीन ढंगले जानुपर्ने के हो भनेर ठोस निष्कर्षमा पुग्नुछ।"
उनले आउने वर्षहरूमा गुणात्मक सुधारका उपायहरूको खोजी गर्न जरुरी रहेको बताए। साथै उनले जनतामा उत्साह आउने गरी परिणाममुखि काम गर्न पनि मातहतका सबै निकायलाई सचेत गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
