काठमाडौँको न्युरोडबाट झन्डै ८ किलो सुनसहित पक्राउ परेका व्यापारीलाई प्रहरीले हुन्डी कारोबार गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ।
काठमाडौँ– काठमाडौँको न्युरोडबाट झन्डै ८ किलो सुनसहित पक्राउ परेका व्यापारीलाई प्रहरीले हुन्डी कारोबार गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेलाई हुन्डी कारोबारको कसुरमा अनुसन्धान अघि बढाइएको जानकारी दिए।
उनका अनुसार बुधबार अदालतबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार ७ दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान अघि बढाइएको हो। “उनी हुन्डी कारोबारी पनि हुन्। उनको साथबाट हामीले ३९ लाख ५० हजार रुपैयाँ पनि बरामद गरेका थियौँ,” उनले भने, “बरामद भएको सुन र डलर भोलि राजश्व वा भन्सार कार्यालयलाई थप अनुसन्धानका लागि बुझाउँछौँ।”
प्रहरीले मंगलबार बेलुकी छापा मारेर ७ किलो ८ सय ग्राम सुन बरामद गरेको थियो। उनले चोरीको सुन विभिन्न व्यापारी लगायतबाट खरिद गर्दै आएको अनुसन्धानबाट खुलेको छ। यसअघि गत साउन ३ गते भन्सार जाँच भइसकेपछि ६० किलो सुन बरामद भएको थियो भने गत पुसमा विद्युतीय सिगरेट भेपमा लुकाएर ल्याइएको ९ किलो सुन पनि बरामद भएको थियो।
पछिल्ला सुन तस्करी प्रकरणबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ। समितिले यसअघि पक्राउ परेकाहरूलाई कारागारबाट झिकाएर सोधपुक्ष गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
