नेपाल बाल संगठनले जाजरकोट र रूकुमपश्चिमका भूकम्पपीडित अनाथ तथा जोखिममा परेका बालबालिकालाई आफ्ना बालगृहमा व्यवस्थापन गर्न सक्ने बताएको छ।
काठमाडाैँ– नक्सालस्थित नेपाल बाल संगठनको केन्द्रीय कार्यालयले जाजरकोट तथा रूकुमपश्चिमका भूकम्प प्रभावित बालबालिका तथा सुत्केरी महिलाको उद्धार तथा उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
संगठनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई एक पत्र लेख्दै हरेक दिन जसो जाजरकोट र रूकुमपश्चिमका भूकम्प प्रभावित सुत्केरी महिला तथा बालबालिकाको मृत्यु भइरहेको घटनाप्रति गम्भीर हुन आग्रहसमेत गरेको छ।
“तीनै तहका सरकार तथा राज्यले सकसपूर्ण र अमानवीय जीवन बिताइरहेका पीडितहरूको उद्धार गर्न नेपाल बाल संगठनसँग सहकार्य तथा सहयोग लिन सक्छ,” संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ,“यथाशीघ्र सुरक्षित बासको व्यवस्थापनका लागि हामी अग्रपंक्तिमा रहेर पनि सहयोग गर्न सक्छौँ। अनाथ तथा जोखिममा रहेका बालबालिकालाई बाल संगठनका बालगृह तथा भवनमा व्यवस्थापन गर्न जिम्मेवारी प्रदान गरियोस्।”
गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण जाजरकोट, रूकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो। भूकम्प र पराकम्पका कारण धेरै बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन्। अनाथ, असहाय र संरक्षकबिहीन भएका छन्। चिसोका कारण कतिपय सुत्केरी र अनाथ बालबालिकाको मुत्युसमेत भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
