आरती साहका ससुरासँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ। यसअघि उच्च अदालत जनकपुरले ससुरा र श्रीमान्लाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
काठमाडौँ– आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले बुधबार आरतीका श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो।
यस्तै, उनका ससुरासँग १ लाख रुपैयाँ धरौटी माग गरिएको छ। यसअघि उच्च अदालत जनकपुरले आरतीका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उनीहरू दुवै जना हाल थुनाबाहिर थिए।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ९, थापाचोककी २२ वर्षीया आरतीको गत जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो। सासूससुरा र श्रीमान् उनले झुण्डिएर आत्महत्या गरेको बताइरहेका छन् भने माइती पक्षले उनको हत्या भएको दाबी गरेको छ।
विवाहमा दाइजो नदिएकै कारण आरतीको हत्या भएको बताउँदै उनीहरू जनकपुरबाट काठमाडौँ आएर आरतीको न्यायका लागि १७४ दिनदेखि धर्ना दिइरहेका छन्।
आरतीका भाइ प्रेम साहले, आरती हत्याको पूर्ण छानबिन नभएसम्म अनसन नतोड्ने बताएका छन्। उनीहरू अहिले पनि रत्नपार्कस्थित शान्ति वाटिकामा धर्नामा छन्। उनले भने "अदालतको अहिलेको आदेश सकारात्मक छ स्वागत योग्य छ। तर हामी सरकारले यो हत्याको पूर्ण छानबिन नगरेसम्म धर्ना रोक्ने पक्षमा छैनाैँ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
