कस्तो रहनेछ बिहीबारको मौसम?

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापिय क्षेत्रको आंशिक प्रभाव  रहेको छ।

जसका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो, कोशी, मधेश र बागमतीमा आंशिकदेखी सामान्य बदली हुनेछ। बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोशीका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाको अनुमान छ। 

यसैगरी, राति कोशी, मधेश र बागमतीमा आंशिक बदली रहनेछ। कोशीका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेछ।