समुद्री सतहदेखि चार हजार १९५ मिटर उचाइमा रहेको तालमा जमेको पानी हेर्न र तालमाथि साहसिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ।
म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी जमेर बरफ बनेको छ।
समुद्री सतहदेखि चार हजार १९५ मिटर उचाइमा रहेको तालमा जमेको पानी हेर्न र तालमाथि साहसिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ।
पानी जमेर तालमाथि मानिस सहजै हिँडडुल गर्न सकिने बनेको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले बताए। “हिमालको फेदीको उपत्यकामा आकाशे निलो रङको पानीले भरिएको ताल जमेर हिडडुल गर्न सकिने भएको छ,” उनले भने “जमेको ताललाई पर्यटकले अनौठो मानेर अवलोकन गर्ने र साहसिक यात्रा गरेर रमाउन थालेका छन्।”
प्राकृतिक सौन्दर्यले भरिपूर्ण पञ्चकुण्ड ताल अवलोकन गर्दा पैदलयात्राका सबै दुःख बिर्साउने उनी बताउँछन्। आधार शिविरबाट वरिपरि हिमालले घेरिएको छ। ताल वरपर वर्षौँदेखि जमेका हिमनदीका अनौठा आकृति, आकाशे रङमा देखिने तालको पानी नियाल्दा समय बितेको पत्तै नहुने आधार शिविर पुगेर फर्किएका गाडपारका सुकबहादुर गर्बुजाले बताए।
हिमनदी क्षेत्रमा फैलिएको यो हिमताल गर्मी याममा पाँच कुण्डको आकृतिमा देखिने भएकाले पञ्चकुण्ड नाम राखिएको हो। सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाले यसको नाम ‘डिकिचो’ राखेका थिए।
हिमालको फेदीमा रहेका कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रूपमा डिकिचो ताल नामकरण गरेका भए पनि स्थानीयवासीले तालको भू–बनोटका आधारमा पञ्चकुण्ड नामकरण गरेका स्थानीयको भनाइ छ। ताल परिसरमा रामायणका पात्र कागभुसुण्डि ऋषिले तपस्या गरेको डाडा भएकाले यो ठाउँका धार्मिक महत्वसमेत रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।
नारच्याङबाट ‘मौरिस हर्जोग पदमार्ग’ हुँदै दुई दिनको यात्रामा पञ्चकुण्ड पुग्न सकिन्छ। आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणका रूपमा रहेको छ। निलो रङले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृश्य फन्को मारेर अवलोकन गर्न सकिने पूर्व मुख्यसचिव सोमलाल सुवेदीले बताए।
“वरिपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो छ,” उनले भने, “तालमा देखिने हिमालको छाया र उज्यालो बढ्दै जाँदा गाढा हुँदै जाने पानीको निलो रङले पहिलोपटक पुग्ने जो–कसैलाई आश्चर्यमा पार्छ।”
ताललाई धार्मिक गन्तव्यका रूपमा विकास गराउन शिवालय र गुम्बासमेत निर्माण गरिएको छ। हिमाल आरोहण र आधार शिविरको भ्रमणमा आउने पर्यटकले हिमालबाट संकलन भएको तालको पानीले स्नान गरेर शुद्ध भएर शिवालयमा र गुम्बामा पूजाआजा गर्दै आएका छन्।
पञ्चकुण्ड तालबाट निस्किने पानीमाथि पुल निर्माण गर्ने र सुरक्षित रूपमा अवलोकन गर्ने पूर्वाधार बनाउन गुरुयोजना तयार पार्न लागिएको गाउँपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
