इटाली सन् २०१९ मा यस परियोजनामा सामेल भएको थियो। यो परियोजना मार्च २०२४ मा सकिँदै थियो।
इटाली आधिकारिक रूपमा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट बाहिरिएको छ।
इटाली पहिलो पटक सन् २०१९ मा यस परियोजनामा सामेल भएको थियो। यो परियोजना मार्च २०२४ मा सकिँदै थियो। इटालीले तीन महिनाअघि नै यससम्बन्धी चीनलाई सूचना दिएको थियो ।
रोयटर्सका अनुसार इटालीले चीनलाई पठाएको एक पत्रमा बीआरआई सम्झौता नवीकरण नगर्ने उल्लेख छ। चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा महत्त्वाकांक्षी योजनाको रूपमा बीआरआई घोषणा गरेका थिए।
बीआरआईलाई ‘नयाँ सिल्क रुट’ पनि भनिन्छ। यो धेरै देशको ‘कनेक्टिभिटी प्रोजेक्ट’ हो। बीआरआईअन्तर्गत एशिया, युरोप र अफ्रिकाका ७० देशलाई रेल, सडक र समुद्रबाट जोड्ने योजना छ।
इटालीले आफ्नो अर्थतन्त्र र राम्रो पूर्वाधारको विकासका लागि बाह्य लगानी आवश्यक परेपछि चीनको बीआरआई परियोजनामा सामेल भएको थियो। अन्य युरोपेली देश जस्तै इटालीले पनि पछिल्लो दशकमा तीनवटा मन्दीको सामना गरेको थियो।
युरोपियन युनियनसँग इटालीको सम्बन्ध राम्रो थिएन। यस्तो अवस्थामा वैदेशिक लगानीबाट देशको अर्थतन्त्रलाई टेवा दिन इटालीको झुकाव चीनतर्फ बढेको थियो।
तर, चार वर्षपछि इटाली सरकार चीनसँगको सम्झौताबाट पछि हटेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
