बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।
काठमाडौँ– सरकारले एनसेलको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए।
समितिका सदस्यमा सचिव फणीन्द्र गौतम, सहसचिवहरू बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन्।
समितिलाई ३० दिनको कार्यादेश दिइएको छ। आजियाटाले आफ्नो स्वामित्वमा रहेको एलसेलको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो।
बुधबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकले एनसेलको सेयर खरिद–बिक्रीको विषयमा विस्तृत अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेल कारोबारसम्बन्धी कार्य रोक्न निर्देशन दिएको थियो।
बैठकले यससम्बन्धी ३० दिनभित्र वास्तविकता र यथार्थ पहिचान गर्नसमेत सरकारलाई भनेको थियो। त्यस्तै, समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा सरकारको थप धारणा बुझ्न आगामी बैठकमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय पनि गरेको थियो।
बुधबार नै बसेको अर्थ समितिको बैठकले पनि एनसेलको सेयर स्वामित्व खरिद–बिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र उपलब्ध गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
