सानै उमेरदेखि गीत, कविता लेख्न रुचाउने टेलर १० वर्षको उमेरमै राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएकी थिइन्।
अमेरिकी गायिका टेलर स्विफ्टलाई टाइम म्यागजिनले ‘पर्सन अफ द इअर २०२३’ घोषणा गरेको छ। संगीत दुनियाँमा चर्चित ३३ वर्षीया टेलर युवा पुस्तामाझ निकै लोकप्रिय छिन्।
गायन, गीत लेखन तथा व्यापारमा सक्रिय टेलरलाई सामाजिक सञ्जालमा करोडौँ मानिसले पछ्याएका छन्। यस्तो अवस्थामा उनको उपलब्धिलाई उजागर गर्न टाइम म्यागजिनले उनलाई आफ्नो कभरमा स्थान दिएर वर्ष व्यक्तिको उपाधि दिएको छ।
"मेरो जीवनकै सबैभन्दा सफलताको क्षण भएको जस्तो लागेको छ," टेलरले भनेकी छन्। पत्रिकाको कभर अन्तर्वार्ताको लागि उनले आफ्नो बिरालो बेन्जामिन बटनसँग पोज दिएकी थिइन्, त्यही तस्वीरले कभरमा स्थान पाएको छ।
टाइम म्यागजिनले टेलरका उपलब्धिहरूको साँस्कृतिक प्रभाव, समालोचकीय प्रशंसा र व्यावसायिक सफलता निकै व्यापक भएको र त्यसको गणना गर्नु व्यर्थ हुने उल्लेख गरेको छ। पप स्टारको रूपमा उनी एल्भिस प्रेस्ली, माइकल ज्याक्सन र म्याडोनाको तहमा भएको तथा गीतलेखनका रूपमा उनलाई बब डिलन, पल मकार्टनी र जोनी मिचेलसँग तुलना गरिँदै आएको जनाएको छ। यस्तै, व्यवसायीका रूपमा उनले एक अर्ब अमेरिकी डलरभन्दा माथिको साम्राज्य खडा गरेकी छिन्।
टेलरको जन्म सन् १९८९ डिसेम्बर १३ मा अमेरिकाको पेन्सिल्भेनियामा भएको थियो। सन् २००४ देखि निरन्तर संगीत क्षेत्रमा सक्रिय उनी गीत पनि आफै लेख्छिन्। आफै अभिनय गर्छिन्। उनले अहिलेसम्म पाँचवटा विश्वव्यापी सांगीतिक टूर गरिसकेकी छन्। अहिले उनको इरा टूर चलिरहेको छ। उनका फकलोर, लभर, मिडनाइट, रिपुटेशन लगायत एल्बम चर्चित छन्।
उनले १२ पटक संगीत दुनियाँकै चर्चित पुरस्कार ग्रामी अवार्ड प्राप्त गरिसकेकी छन्। ग्रामी अवार्डको वेबसाइटमा टेलरको परिचयमा उनी सानै उमेरदेखि गीत, कविता लेख्न रुचाउने र १० वर्षको उमेरमै राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएको उल्लेख गरेको छ।
टाइम म्यागजिनले प्रत्येक वर्ष विश्वभरका प्रभावशाली व्यक्तिमध्ये एक जनालाई वर्ष व्यक्ति घोषणा गर्छ। टाइम म्यागजिनले सन् २०२२ को लागि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की, २०२१ मा एलन मस्क, २०२० मा जो बाइडेन, २०१९ मा ग्रेटा थनबर्गलाई वर्ष व्यक्ति घोषणा गरेको थियो।
यस सूचीमा मार्टिन लुथर किंगदेखि भलादमिर पुटिन, बाराक ओबामा पनि परिसकेका छन्। त्यसैले टाइम म्यागजिनमा समेटिनुलाई आफैमा ठूलो उपलब्धि पनि मान्ने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
