विराटनगर आगलागी: मृत्यु हुनेको संख्या ३ पुग्यो, ३ जना घाइते

आगलागीमा परेर घाइते भएका ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिंकी कामत र ६० वर्षीया रिता सरदारको उपचार भइरहेको छ। 

विराटनगर– मोरङको विराटनगर–७ स्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। 

घाइतेमध्ये सुशीला पासपानको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

घाइतेहरू ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिंकी कामत र ६० वर्षीया रिता सरदारको सही अस्पतालमा उपचार भइरहेको छ। 

यसअघि विराटनगर–६ का ३५ वर्षीय दीपक मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो।  

विराटनगर महानगरपालिकासहित विभिन्न पालिकाका ६ वटा दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। 

आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।