वसन्त पराजुलीको कथासंग्रह ‘ड्रिमी आइज’ सार्वजनिक

ड्रिमी आइज पराजुलीको तेस्रो कृति हो। यसमा १७ कथा समावेश छन्। 

चितवन– वसन्त पराजुलीको अंग्रेजी कथाहरूको संग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ। 

पराजुलीको यो तेस्रो कृति हो। यसमा १७ कथा समावेश छन्। 

कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्री, भिलेज अफ इंग्लिस राइटर्स चितवनका अध्यक्ष डा. केशवराज चालिसे, नेल्टा चितवनका अध्यक्ष बटुकलाल तामाङ, भुँडीपुराण पब्लिकेसनका प्रबन्ध निर्देशक केशव पराजुली, साहित्यकार हरि गौतमलगायतले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन्। 

नेपाल इंग्लिस ल्याङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) चितवनले बुधबार पुस्तक विमोचन कार्यक्रमको आयोजना गरेको थियो। सो अवसरमा पुस्तक समीक्षा कार्यशाला पनि गरिएको थियो। 

कार्यशालामा अंग्रेजी विषयका २५ जना शिक्षकसमेत सहभागी भएका थिए। उनीहरूले कृति पढेर समीक्षा तयार गरी प्रस्तुत गरेका थिए। पराजुली दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा समेत क्रियाशील छन्। 

यसअघि, पराजुलीका ‘कुमाता’ र ‘मोम्चो’ कथासंग्रह प्रकाशित भइसकेका छन्।